हाम्रो जीवनशैली, चिन्तनशैली आदि सम्पूर्ण कुराहरू भौतिक सुखका लागि समर्पित छन् । हामीले चेतनाको वस्तुहरुलाई सबैभन्दा महत्वपूर्णठान्दछौं र आफूलाई खुसी, प्रसिद्ध वा लोकप्रिय बनाउन
जुनसुकै वस्तु प्रति भौतिक रूपले समर्पित हुन्छौं । यद्यपि यी सबै कुराहरू हाम्रो मनमा नै उत्पन्न हुन्छन् । हामी वाह्य वस्तुहरूप्रति सम्पूर्णरूपले यति धेरै दत्तचित्त हुन्छौं कि हामीले आफूभित्र कहिल्यै पनि हेर्र्दैनौं / हाम्रो अस्तित्व रहेसम्म हाम्रो शरीरबाट हामीले अलग्ग पार्न नै नसकिने भाग हाम्रो मन हो । फलस्वरूप हामी जहिल्यै पनि तनावयुक्त हुन्छौं । त्यसरी तनावयुक्त हुने हाम्रो शरीर होइन, हाम्रो मन हो । त्यस मनको कार्यप्रणाली हामी बुझ्दैनौं । हामीलाई जहिले पनि यस्तो गर, त्यस्तो गर भनेर भन्ने हाम्रो मन हो । हामीले हाम्रो आफ्नो मनोविज्ञानबारे थाहा पाउनु पर्दछ / तपाईको मनको प्रकृति तपाईको आफ्नो भौतिक शरीरको हाड र मासुको प्रकृतिभन्दा फरक छ तपाईको मन कुनै भेदभावविना सबै वस्तुहरूको प्रतिविम्ब जस्ताको त्यस्तै परावर्तन गर्ने एउटा ऐना जस्तै हो । तपाईले आफूलाई विश्व भ्रमण गर्न स्वतन्त्र, सबैकुरा उपभोग गर्न सक्षम एक स्वतन्त्र व्यक्ति ठान्नुहुन्छ । तर त्यस्तो सोचे पनि तपाई स्वतन्त्र हुनुहुन्न । तपाईं अरू कसैको नियन्त्रणमा हुनुहुन्छ भनेर मैले भन्न खोजेको होइनँ । त्यो तपाईको आफ्नै अनियन्त्रित मन हो । तपाईंको आफ्नै तृष्णा हो । जसले तपाईलाई दबाएर राख्दछ र हरेक समय अप्रसन्नतामा हुने छ।